सरकार लोकतन्त्र र गणतन्त्रको विपक्षमा : देउवा

246
  •  
  •  
  •  

काठमाडौं, १५ जेठ(ओएनएस) : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले लोकतन्त्र र गणतन्त्र मास्न खोजेको आरोप लगाएका छन् ।

गणतन्त्र दिवसका अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा देउवाले वर्तमान सरकार लोकतन्त्र र गणतन्त्रको विपक्षमा देखिएको बताए ।

प्रधानमन्त्री ओलीलाई आफ्नै मन्त्रीहरुमाथि विश्वास नभएको र त्यसले शासन व्यवस्थामाथि नै खतरा उत्पन्न गराएको सभापति देउवाको भनाइ छ ।

उनले फेरि लोकतन्त्रका लागि लड्नुपर्ने अवस्था आउन सक्ने भन्दै तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिए ।
देउवाले वर्तमान सरकारले सञ्चार जगत र मानवअधिकार आयोगमाथि समेत नियन्त्रण कायम गर्न खोजेको आरोप लगाए ।


  •  
  •  
  •