सभापति देउवा हावाहुरी प्रभावित क्षेत्रमा

495
  •  
  •  
  •  

काठमाडौं, १९ चैत(ओएनएस): नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हावाहुरी प्रभावित क्षेत्र बारा र पर्साको निरीक्षणमा गएका छन् ।

भैरहवाबाट हेलिकोप्टरमार्फत मंगलबार बिहान प्रभावित क्षेत्रमा पुगेका सभापति देउवाले वीरगञ्जस्थित नारायणी अस्पताल र नेशनल मेडिकल कलेज पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका छन् । सभापति देउवाले घाइतेको उपचारमा कमी हुन नदिन चिकित्सकहरुलाई आग्रह समेत गरेका छन् । उनले राहत र पुनस्र्थापनामा सबै एकजुट भएर अघि बढ्न सबैलाइ आग्रह गरे ।

नारायणी अस्पतालमा रहेका बिरामीको अवस्था बुझेपछि देउवा आँधीबाट बढी प्रभावित बाराको फेटा जादैछन् । त्यहाँ पुगेर सभापति देउवाले पीडित परिवारसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

आइतबार राति बारा र पर्सामा आएको आँधीले फेटा गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको थियो ।


  •  
  •  
  •