सेयर बजार सोमबारबाट खुल्ने

47
  •  
  •  
  •  

काठमाडौं । धितोपत्रको दोस्रो बजार सोमबारदेखि खुल्ने भएको छ । आज बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैंठकले सोमबारबाट सेयर बजार खोल्ने निर्णय गरेको हो ।

बोर्डले नेप्सेलाई पत्राचार गर्ने तयारी गरेको छ । नेप्सेलाई बोर्डले पत्राचार परेपछि नेप्सेले बजार खोल्ने मोडालीटी सार्वजनि गर्नेछ ।

फाइल तस्बिर

सरकारले लकडाउन गरेसँगै चैत १० बाट बन्द भएको सेयर बजार वैशाख ३० र ३१ गते २ दिनका लागि खुलेको थियो । त्यसपछि पुनः बन्द भएको बजार लकडाउन खुकुलो भएर आर्थिक गतिविधि सुरु हुँदासमेत सञ्चालनमा नआउँदा चौतर्फी विरोध भइरहेको थियो ।

असार ६ गते बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले बजार खोल्ने विषयमा अध्ययन गर्न कार्यकारी निर्देशक परिष्ठनाथ पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो ।


  •  
  •  
  •