प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सभापति देउवाले लिए जानकारी

33
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

सभापति देउवाले बुधबार महाराजगञ्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’ पुगी कार्यकारी निर्देशक प्रा.डा.उत्तमकृष्ण श्रेष्ठसँग प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका हुन् ।

डा.श्रेष्ठले उनलाई प्रधानमन्त्री ओलीको स्वास्थ्यमा मंगलबारभन्दा बुधबार सुधार रहेको जानकारी दिएको सभापति देउवाका निजी सहयोगी भानु देउवाले बताए ।

प्रधानमन्त्री ओलीको मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । अहिले उनको स्वास्थ्यमा निरन्तर सुधार भइरहेकोे अस्पतालले जनाएको छ ।


  •  
  •  
  •