फिलिप हग्सको ज्यान लिने गरी बलिङ गर्ने एबट उत्कृष्ट युवा क्रिकेटर

363
  •  
  •  
  •  

sean_abottकाठमाडौ, १४ माघ(एजेन्सी) : युवा ओपनर बल्लेबाज फिलिप हग्सलाई बाउन्सर बलिङ गर्ने तिव्र एबटलाई २०१५ को ब्र्याडम्यान योंग क्रिकेट अफ दी इयरको पुरस्कार दिइएको छ । एबटलाई एलन बार्डर वितरण समारोहका क्रममा उक्त पुरस्कार प्रदान गरिएको हो ।

युवा क्रिकेटरको पुरस्कार जित्ने एबटकै बाउन्सर बल लागेर घाइते भएका फिलिप हग्स उपचारका क्रममा दुईदिनपछि मृत्यु भएको थियो । एबट उक्त घटनापछि निकै दुःखी थिए र यस क्रममा क्रिकेटका हस्तिहरूले सान्त्वना दिएर उनलाई त्यो दुःखबाट बाहिर निकाल्ने प्रयास गरिएको थियो । यसपछि एबटले बिग ब्यास लिगसँगै क्रिकेटमा पुनारागमन गरेका थिए । एबटलाई ब्र्याडम्यान उपाधी जिताउनका लागि ४२ प्रतिशत मत दिइएको थियो ।

पाकिस्तानविरूद्ध गत वर्ष अक्टुबरमा पहिलो एकदिवसीय क्रिकेट खेल खेलेका २२ वर्षीय एबटले यो आफनो मेहेनतको नतिजा भएको बताएका छन् । उनले आफू चाँडै नै सिनियर टोलीमा आउने विश्वास व्यक्त गरेका छन् ।

अष्ट्रेलियाका स्टीभ स्मिथलाई अष्ट्रेलियाको सर्वोत्कृष्ट क्रिकेटरको रूपमा एलन बोर्डर पुरस्कार प्रदान गरिएको छ । स्मिथले भारतविरूद्ध केही समयअघि सम्पन्न टेष्ट सिरिजमा चार शतक बनाएका थिए । स्मिथले यो पुरस्कारको होडमा डेविड वार्नरलाई ६८ मतले पछि पारेका थिए । स्मिथलाई वनडे प्लेयर अफ दी इयरका साथै टेष्ट प्लेयर अफ दी इयरको अवार्डले सम्मानित गरिएको थियो ।


  •  
  •  
  •