मूर्तिले धानेको परिवार र बजार…(तस्विरसहित)

229
  •  
  •  
  •  

महोत्तरी, २१ माघ(ओएनएस) : बर्दिवास–जलेश्वर सडक खण्डमा पर्ने बहेडा बजार अहिले मूर्ति बजारमा परिणत भएको छ ।

कोल्हुवा बगेया-८ का तीन पण्डित परिवार अहिले बहेडा बजारमा मूर्ति बनाउन निकै ब्यस्त छन् । फाल्गुन १ गते हुने सरस्वती पूजाका लागि तीन परिवारका १५ सदस्यले १५० भन्दा बढी मूर्ति बनाइरहेका छन् ।

बुवा र हजुरबुवाले सिकाएको गुणले आत्मनिर्भर बनाएकोले वार्षिक तीनलाखसम्म बचत हुने गरेको कोल्हुवा बगेया ८ का २५ वर्षीय रुपेश पण्डितले बताए । उनले माटो आफ्नै देशको भएपनि सजावटको समान भारतबाट ल्याउँदा भन्सारमा निकै समस्या झेल्नुपरेको गुनासो पोखेका छन् । कोल्हुवा बगेयाका पण्डितहरू वर्षेभरि माटोको मूर्ति बनाउन बहेडा बजारलाई रोजेका हुन् ।

मिथिलामा दुर्गापूजा, कृष्णाष्टमी, कालीपूजा लगायतका उत्सव र पर्वहरुका लागि माटाका मूर्ति बनाउनका साथै आफ्ना नातिहरुलाई प्रशिक्षण गर्ने गरेको ७० वर्षीय चरित्रर कुम्हारले बताए । अहिले बहेडा बजारमा सरस्वतीको मूर्ति दुई हजारदेखि १५ हजारसम्मको छ । ठूलो मूर्ति बनाउँदा एक लाख रूपैयाँसम्म पर्ने गरेको मूर्तिकारहरूले बताए ।

sculpture In baheda market (1)sculpture In baheda market (4) sculpture In baheda market (3) sculpture In baheda market (2)


  •  
  •  
  •