स्कटल्याण्ड संयुक्त अधिराज्य (यूके)बाट छुट्टिएला ?

171
  •  
  •  
  •  

काठमाडौं २ असोज । तीन सय बर्षभन्दा बढी समय संगै रहेपछि स्कटल्याण्ड संयुक्त अधिराज्यमा रहने की नरहने भन्ने सम्बन्धमा आज जनमत संग्रह हुँदैछ । मतदानका लागि ४२ लाख मतदाता सहभागि हुनेृ छन् । भोटमा एस वा नोट लेखिनेछ ।
यो जनमत संग्रहले कुनै बेलाको ‘सूर्य नअस्ताउने मुलुक’ भनेर चिनिएको संयुक्त अधिराज्यको कित नक्सा नै परिवर्तन गर्ने छ, नभएको खण्डमा शासकीय व्यवस्था परिवर्तन ल्याउने छ ।

जनमत संग्रहको नतिजा प्रक्षेपणका लागि गरिएको जनमत सर्वेहरुले फरक नतिजा दिएपनि स्वाधिनताको पक्षमा र विपक्षमा नतिजा नजिकमा रहेपछि जनमत संग्रहको तातो झनै बढेको छ । केही सर्वेले दुई अंक वा तीन अंकले युकेमै रहनुपर्ने भन्नेहरुको पक्ष अगाडी देखाएको छ भने केहीले विपक्षलाई तेही नतिजा दिएको छ । यस्तो अवस्थामा नत स्वाधिनताका पक्षधरहरु नै आफुले जित्नेमा ढुक्का छन्, नत यूकेमै रहनु पर्ने भन्नेहरु नै ढुक्का छन् ।

दुवै पक्षको अभियान सकिएपनि दुवै पक्षबाट रोचक जानकारीहरु बाहिर ल्याइएका छन् । स्कटल्याण्डका मात्र होइनन्, यूके भरीका अखवार, उद्योगी ब्यवसायी, कलाकार, खेलाडी सबै नै बिभक्त भएका छन् ।

स्कटल्याण्डको संसद र सरकार स्वाधिनताको पक्षमा रहेका छन् । त्यहाँका प्रमुख मन्त्री अलेक्स साल्मण्डले स्कटिसहरुको आफ्नो भविश्यको फैसला आफै गर्न पाउने अवस्थामा पुग्नको लागि स्वाधिनता आवश्यक भएको उल्लेख गरेका छन् । उनले स्वतन्त्रता पछि स्कटल्याण्ड विश्वकै उच्च बृद्धिको देश हुने, बालस्वास्थ्यमा सुधार ल्याउने, रोजगारीको बृद्धि हुनेलगायतका कुरा गरेका छन् । उनले भनेका छन्, ‘हाम्रो भविश्य हामी आफै बनाउन र उन्नत भविश्यका लागि स्वाधिनताको पक्षमा भोट दिनुस् ।’

त्यसो त यूकेका सबै प्रमुख राजनीतिक दलहरु स्वाधिनताको विपक्षमा रहेका छन् । उनीहरु ‘संगै रहनु राम्रो’ भन्ने नारा लिएका छन् । मंगलबार मात्र प्रधानमन्त्री डेभिड क्यामरुनलगायत तीन प्रमुख नेताले स्कटल्याण्डलाई थप अधिकारसहित स्वायत्तताको प्रस्ताव गरेका छन् । तर, स्कटिस् नेताहरुले भने त्यसको अलोचना गरेका छन् । उनीहरुले ‘अन्तिममा ललिपप’ देखाएको भनेका छन् ।


  •  
  •  
  •  

Comments are closed.