विच्छीको विषबाट मष्तिष्कको क्यान्सरको उपचार

191
  •  
  •  
  •  

scorpionsकाठमाडौ/ पुष(एजेन्सी) : मानिसको मष्तिष्कको क्यान्सरको उपचार गर्न बिच्छीको विष प्रयोग गर्न सकिने सम्भावना विज्ञहरूले देखाएका छन् । मुसासहित केही पशुहरूमा गरिएको परिक्षणमा सकारात्मक नतिजा निस्केपछि मानिसमा पनि प्रयोग गर्न सकिने सम्भावना बढेको हो ।

यसपछि अब मनुष्यमाथी यसको परिक्षण गर्ने अनुमति समेत दिइसकेको छ । यो जानकारी सिएटल स्थित फ्रेड हर्चिसन क्यान्सर रिसर्च सेन्टरका चिकित्सक जिम ओल्सनले दिएका हुन् । ओसल्न बच्चाहरूको क्यान्सर रोगका विशेषज्ञ हुन् ।

चिकित्सक ओल्सनका अनुसार उनले नयाँ प्रविधी विकास गरेका छन् । यसमा मष्तिष्कको क्यान्सरग्रस्त कोषिकाहरूलाई पहिचान गरेर ती कोषिका हटाउन सकिन्छ । यस प्रविधीको बिच्छीको विष र निकै विषालु प्रजाती डेथसटाकरको टोकाईबाट निस्किने विषको प्रयोग गरिएको छ । उनले विषबाट बनाइएको औषधीको नाम ‘ट्युमर पेन्ट’ हो । यो क्यान्सरग्रस्त कोशिकाहरूको शलयक्रियाको एकदिन पहिले बिरामीलाई दिइन्छ । यसले क्यान्सरग्रस्त कोषीका चम्किन्छ, र स्वस्थ कोषिकाबाट छुट्टयाउन सकिन्छ ।

चिकित्सक ओल्सनका अनुसार यो औषधीले उपचारको दुई वर्ष समय बचाउँछ । अहिले बिरामीको मष्तिष्कको क्यान्सरको कोषिका पत्ता लगाउन लामो समय लाग्छ ।


  •  
  •  
  •