स्वतन्त्र नहुने भो स्कटल्याण्ड

90
  •  
  •  
  •  

काठमाडौं ३ असोज (ओएनएस) : बेलायतको अभिन्न अंग स्कटल्यान्ड बेलायतमै रहने वा छुट्टिने भन्नेबारेमा भएको जनमत संग्रहको मतगणना सार्वजनिक भएको छ ।

Scotland‘एस भोट’ र ‘नो भोट’का लागि स्कटल्यान्डका करीब ४२ लाख मतदाता सरिक भएका थिए । छुट्टिनेहरुले ‘एस’ तथा नछुट्टिनेहरुले ‘नो’ भोट गरेका थिए । जसमध्ये पछिल्लो मतपरिणाम मध्ये एस भोटको पक्षमा ४६ र नो भोटको पक्षमा ५४ प्रतिसत मत परेको छ ।

तीन सय सात वर्षसंगैै रहेको स्कटल्यान्ड अलग्गिने विषयमा बहस चल्न थालेपछि गतवर्ष यसको टुंगो जनमत संग्रहबाट गर्ने सहमति बनेको थियो । कुनै बेला विश्वमा साम्राज्य फैलाएको बेलायत आफूसंग रहेको ४ मध्ये एक स्कटल्यान्ड गुमाउँछ वा संगै राख्न सफल हुन्छ भन्नेमा विश्वकै ध्यान तानिएको थियो ।


  •  
  •  
  •