अब पानीबाटै गाडी चल्ने !

298
  •  
  •  
  •  

Drop of waterकाठमाडौ, मंसिर(एजेन्सी) : पेट्रोल/डिजेलको विकल्प खोजिँदै गरेका बेला पानी तथा सूर्यको प्रकाशले गाडी चल्न थाले के हुन्छ ? हो, यदी पेट्रोल/डिजेलको सट्टा पानी तथा सूर्यबाट गाडी चल्न थाले पेट्रोल/डिजेल प्रयोग गरेबापत तिर्नु पर्ने महंगो मूल्यबाट छुटकारा पाउन सकिन्छ ।

पेट्रोल/डिजेलको विकल्पका रूपमा सूर्यको प्रकाश र पानीको प्रयोग गर्ने विषयमा अनुसन्धान जारी रहेको अन्तराष्ट्रिय सञ्चारमाध्मयहरूले जनाएका छन् । अनुसन्धानकर्ताहरू पानी र सूर्यको प्रकाशबाट इन्धन निर्माण गर्ने काममा निकै नजिक पुगेको समेत बताइएको छ ।

अष्ट्रेलियन नेशनल विश्वविद्यालय रिसर्च स्कूल अफ बायोलोजीको एआरसी सेन्टर अफ एक्सीलेन्स फर ट्रान्सलेशनल फोटोसिन्थेसिसका चिकित्सक कस्तूरी हिंगोरानीले जमिनमा प्रचुर मात्रामा पानी छ र सूर्यको प्रकाशपनि सधै हामीले पाउने बताए । पानी र प्रकाशको प्रयोग गरेर सस्तो र सुरक्षित तरिकाले हाइड्रोजन बनाउने कुराले अनुसन्धानमा रहेका सबै टोलीलाई रोमाञ्चित बनाउने गरेको हिंगोरानीले बताएका छन् ।

पेट्रोलियम उत्पादनहरूको विकल्पको रूपमा हाइड्रोजन निकै सुरक्षित र कार्बनरहित इन्धन हुनेछ । यतिमात्र नभई यस इन्धनलाई स्पेसक्राफ्ट लञ्च गर्नका लागि इन्धनका रूपमा समेत प्रयोग गर्न सकिन्छ । यो टोलीले एक यस्तो प्रोटिनको निर्माण गरेको छ, जसले प्रकाशको सम्पर्कमा आऐपछि एक इलेक्ट्रिक हर्टबिट देखाउँछ, जसले प्रकाश संश्लेषणको प्रक्रियामा जरूरी हुन्छ ।

हिंगोरानीका अनुसार यो प्रविधी यति सहज र सस्तो हुनेछ की विकासशील देश पनि यसलाई अपनाउन सक्छन् । उनले सिस्टमले प्राकृतिक रूपले पाइने प्रोटिनको प्रयोग गर्नेछ र यसलाई सञ्चित गर्नका लागी महंगो ब्याट्री वा स्टोरेजको आवश्यक पर्दैन । यस अनुसन्धानमा हिंगोरानीका सहयोगी रोन पेसले उनीहरुको यो अनुसन्धानले हाइड्रोजनको रूपमा सस्तो र सफा इन्धनको नयाँ स्रोतको बाटो खुल्ने विश्वास गरेका छन् ।

उनीहरुको यो रिसर्चले राम्रो इन्धन निर्माण गर्ने वातावरणमा कार्वन कम गर्न सम्भावनाको ढोका खुल्ने छ । उनले भने कृत्रिम प्रकाश संश्लेषणको माध्यमबाट हाइड्रोजन बनाउनाले अर्थमा पनि निकै ठूलो असर पर्ने गर्छ । पेसले यो इन्धन बनाउनाका लागि हामीलाई जुन कच्चा पदार्थ चाहिन्छ त्यो सहजै उपलब्ध हुने बताएका छन् ।


  •  
  •  
  •