२२ भदौ देखि २५ सम्म अन्र्तराष्ट्रिय वैज्ञानिक सम्मेलन हुने

470
  •  
  •  
  •  

काठमाडौं, १५ (ओएनएस) : नेपाल पोलिमर इन्ष्टिच्यूट, त्रिभुवन विश्वविद्यालय र रोनेन युनिभर्सिटी जर्मनीको आयोजनामा आगामी भदौ २२ गतेदेखि काठमाडौमा अन्र्तराष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ ।

आइतवार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै नेपाल पोलिमर इन्ष्टिच्यूटले नेपालको विज्ञान तथा प्रविधिको संरक्षण एवम् प्रर्वद्धनका लागि आगामी भदौ २२ देखि २५ गतेसम्म अन्र्तराष्ट्रिय वैज्ञानिक सम्मेलन हुने जानकारी दिएको छ । सम्मेलनको उद्घाटन भने माननीय परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले गर्नेपनि सोसाईटीले बताएको छ ।

कार्यक्रममा पोलिमर इन्ष्टिच्यूटका अध्यक्ष डा. रामेश्वर अधिकारीले उक्त सम्मेलनमा विश्वभरका ११ देशबाट वैज्ञानिकहरुले सहभागी जनाउने बताउँदै सम्मेलनमा १०० भन्दा बढी अति सुक्ष्म प्रविधि सम्बन्धी अनुशन्धान पत्रहरु प्रस्तुत गरि व्याख्यान एवम् छलफल गरिने समेत जानकारी दिएका छन् । अधिकारीले भने–सम्मेलनले नेपालका यूवा वैज्ञानिक तथा विद्यार्थीहरुको अति सूक्ष्म प्रविधि सम्बन्धी ज्ञानको दायरालाई फराकिलो पार्न मद्यत पुग्ने छ । यो सम्मेलनले यूवा वैज्ञानिकहरुको उर्जालाई देश विकासका लागि सदुपयोगन गर्न टेवा पुग्ने छ ।
प्रविधिको विकासका अभावका कारण विदेश पलायन हुने यूवा वैज्ञानिकहरुलाई समेत नेपालमै बसी देशको सेवा गर्न प्रेरित गर्ने पनि अधिकारीले जोड दिएका छन् ।
ईन्स्टिच्यूटका अनुसार वैज्ञानिक सम्मेलनमा भारत रन्तद्धारा विभूषित प्रसिद्ध वैज्ञानिक सीएन आर रावको पनि उपस्थिति रहने छ । सम्मेनलको पूर्व सन्ध्यामा ४ दिने स्कुल पनि सञ्चालन गरिने ईन्स्टिच्यूटले जानकारी दिएको छ । उक्त स्कुलमा ५० जना स्वदेशी तथा विदेशी यूवा वैज्ञानिकहरुले सहभागीता जनाउने छन् ।


  •  
  •  
  •