राजधानीमा विज्ञान तथा वैज्ञानिक सम्मेलन हुने

175
  •  
  •  
  •  

DSC_0761
काठमाडौं, ३२ साउन (ओएनएस) : राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा भदौ २ र ३ गते पाँचौ अन्तराष्ट्रिय विज्ञान र वैज्ञानिक सम्मेलन हुने भएको छ ।

चैतन्य सरवात ईनिस्टिच्युटले आज राजधानीमा पत्रकार सम्मेलन गरेर सम्मेलनका बारेमा जानकारी दिएको हो । कार्यक्रममा नेपाल विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.जीवराज पोखरेलले यस्तो प्रकारकारका गोष्टी नेपालमा प्रायः कम हुने गरेका बताए ।

इतिहासविद् डा.निदेशराज पन्तले यस्ता प्रकारका गोष्ठीले पूर्व पश्चिमलाई जोड्नमा मद्दत पुर्याउने दावि गरेका छन् ।
‘हाम्रो नेपालका मात्रै नभएर विश्वका विकसित र शक्तिशाली देशका वैज्ञानिकहरुले पनि खोज र अनुसन्धानमा खटिँदै गर्दा त्यसको पछाडि पनि अन्य कारण भएको स्विकार गरेका छन्’ उनले भने, ‘सत्यले मानिसलाई के दियो, आँखाले देखेका कुरालाई मात्र सत्य मान्ने हो भने अन्य कुराको हैसियत के रहन्छ,? यस्तो बेलामा हामीले गहिरो अनुसन्धान र खोज गर्नुपर्छ।’

उनले अघि थपे,‘भदौ २ गते ५६ वटा कार्यपत्र प्रस्तुत हुनेछन्, यससाग सम्बन्धित मात्रै नभएर जिज्ञासु जो कोहीले आउन सक्नु हुन्छ।’ प्रा.रजनी मल्लले मानव जीवन सातवटा चक्रले बनेको र वैज्ञानिक अनुसान्धानका छाडि कुनै शक्ति लुकेको दाबी गरेकी छन् ।

डा. भक्ति निस्काम सन्तले गोष्ठिमा उपस्थित भएर मानवको नयाँ खोज र त्यसले मानव जीवनलाई दिन खोजेको आकारका बारेमा जान्नको लागि अनुरोध गरेका छन्।

कार्यक्रममा चैतन्य सारस्वत सभा नेपालका अध्यक्ष राम मणी नेपालले विज्ञानले प्रतिपादन गरेका अनेकौ सिद्धान्तका पछाडि दर्शनको हात रहेको दावि गरेका छन् । दुई दिनसम्म चल्ने गोष्ठिमा अमेरिका, बेलायत, ईन्डोनेसिया, इजरायल, कोलम्बिया लगायतका देशका वैज्ञानिकहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।


  •  
  •  
  •