‘विज्ञान सडक मेला’ शुरु

72
  •  
  •  
  •  

काठमाडौं । ललितपुरको जावलाखेलमा ‘विज्ञान सडक मेला’ शुरु गरिएको छ ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले नयाँ अवधारणाबारे जानकारी दिने उद्देश्यले मेलाको आयोजना गरेको हो ।

मेलाको मंगलबार एक कार्यक्रमकाबीच कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको जीवनमा समृद्धि ल्याउने गरी खोज तथा अनुसन्धानको क्षेत्रमा काम गर्न वैज्ञानिकहरुलाई आग्रह गरे ।

जनताका लागि उपयोगी नहुने ज्ञान तथा विज्ञानको कुनै पनि अर्थमा काम नहुने समेत उनले स्पष्ट पारे । कार्यबहाक प्रधानमन्त्री पोखरेलले सरकारले विदेशमा रहेका नेपाली वैज्ञानिकहरुको ज्ञान, सीप र दक्षताको स्वदेशमै उपयोग गर्न जोड दिएको पनि बताए ।

कार्यक्रममा पूर्व मन्त्री गणेश साहले विज्ञान र प्रविधिको क्षेत्रमा विकास गर्नका लागि आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका थिए ।


  •  
  •  
  •