मोर्चाले विद्यालय खुल्न दिने, औषधी पनि ल्याउन दिने

117
  •  
  •  
  •  

काठमाडौँ, ३ मंसिर(ओएनएस) : तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाले लामो समयदेखी विद्यालय र क्याम्पस बन्दका कारण प्रभावित भएको पठनपाठन सुचारू गर्न दिने निर्णय गरेको छ । मोर्चाको आज बिहिबार बसेको बैठकले तराईका स्कुल कलेज बिहान सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

यस्तै, बैठकले उपचारका लागि आवश्यक पर्ने औषधी, अक्सिजन तथा स्वास्थ्य सम्बन्धी उपकरणलाई पनि विराटनगरको सीमा नाकाबाट ल्याउन दिने निर्णय गरेको छ । औषधीको चरम अभाव भएपछि बिरामीको स्वास्थ्य उपचारलाई गम्भिरतापूर्वक लिँदै औषधीजन्य सामग्री ल्याउन दिने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जनाए ।

मोर्चाले अन्य कार्यक्रमलाई भने निरन्तरता दिने जनाएको छ । मधेसी मोर्चाले आफूले उठाएको मुद्धालाई वार्तामार्फत सम्बोधन गर्न प्रमुख तीन दल गम्भीर नभएको निष्कर्ष निकाल्दे आन्दोलन सशक्त बनाउने जनाएको छ ।


  •  
  •  
  •