विद्यार्थी संख्या नपुगेपछि विद्यालय बन्द

73
  •  
  •  
  •  

खोटाङ, १४ भदौ : विद्यार्थी संख्या नपुगेपछि खोटाङका तीनवटा विद्यालय बन्द गरिएको छ । सदरमुकाम दिक्तेलको तालखर्कस्थित बालकन्या प्रावि, साउनेचौरस्थित राप्चादेवि प्रावि र नुनथलाको माहुरेस्थित जनता प्रावि बन्द गरिएको हो ।

वर्षैपिच्छे विद्यार्थी सङ्ख्या घट्दै गएपछि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक यदुविक्रम थापाले बताए ।
यस्तै जिल्लाका चार विद्यालयलाई समायोजन गरिएको छ । कुभिण्डेस्थित जनता प्राविलाई कालिका प्रावि कुभिण्डे, ऐसेलुखर्कको त्रिभुवन प्राविलाई त्रिभुवन उच्च मावि, राखावाङ्देलको बौद्ध प्राविलाई आगेन साङ्का छोलिङ बौद्ध गुम्बा प्रावि र खोटाङबजारस्थित नेपाल बालमन्दिर प्राविलाई भगवती उच्च माविमा समायोजन गरिएको हो ।

विद्यार्थी सङ्ख्या कम भएको, घरदेखि विद्यालय टाढा रहेको र शिक्षकभन्दा विद्यार्थी कम भएकाले समायोजन गरेर सञ्चालनमा ल्याइएको शिक्षा कार्यालयले जनाएको छ ।


  •  
  •  
  •