दुई विद्यालय भवनको शिलान्यास

51
  •  
  •  
  •  

मुगु । मुगु सदरमुकाम गमगढी नजिकै रहेका दुई विद्यालय भवनको शिलान्यास गरिएको छ ।
करोडौं लगानीमा छायाँनाथ रारा नगरपालिका वडा नं २ चैना र नगरपालिकाकै ५ नं वडा कार्किवाडामा रहेका दुई विद्यालयको शिलान्यास गरिएको हो ।

 

छाया नेपालको आर्थिक सहयोग, छायानाथ रारा नगरपालिकाको लागत साझेदारी तथा हिरिसडेक मुगुको सहजिकरणमा २ नं. वडामा रहेको बालमन्दिर प्राथमिक विद्यालय चैनको दृष्टिविहीन बालबालिकाको छात्रावास र ५ नम्बर वडामा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय भवनको शिलान्यास गरिएको हिरिष्डेक मुगुले जनाएको छ ।

बालमन्दिर प्राथमिक विद्यालय चैनका दृष्टिविहीन बालबालिकाको ४ कोठे छात्रावास भवनको लागि छायाँ नेपालको ८५ लाख ८४ हजार ७ सय १० रुपैयाँ र छायाँनाथ रारा नगरपालिकाको लागत साझेदारी २२ लाख ३२ हजार गरी १ करोड ८ लाख १६ हजार ७ सय १० रुपैयाँमा पक्की विद्यालय भवन निमार्ण गरिने सहजिकरणको जिम्मा लिएको संस्था हिरिष्डेक मुगुका कार्यकारी निर्देशक मिन रावलले बताए ।

उनका अनुसार त्यस्तै नेपाल राष्ट्रिय आधारभुत विद्यालय कार्किवाडामा पनि छायाँ नेपालको ५९ लाख ५० हजार ६ सय ७४ र छायाँनाथ रारा नगरपालिकाको लागत साझेदारी १३ लाख ९२ हजार गरी ७३ लाख ४२ हजार ६ सय ७४ को लागतमा पक्की भवन भवन निर्माण हुने निर्देशक रावललेको भनाइ छ । विद्यालय भवनमा ट्वाइलेट बाथरुमको पनि व्यवस्थापन गरिने छ ।

शिलान्यास कार्यक्रममा बोल्दै छाया नेपालका केन्द्रीय कोषाध्यक्ष पुस्कर आचार्यले छायाँ नेपालले शिक्षा, स्वास्थ्य, वातावरण लगायत अन्य क्षेत्रमा काम गर्दे आइरहेको बताउँदै दृष्टिबिहिन बालबालिकाको लागी सहयोग गर्न पाउँदा खुसी भएको बताए ।

त्यस्तै छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंगशाहीले कर्णाली प्रदेशको हिमाली विकट जिल्ला मुगुमा आएर शिक्षाबाट बञ्चित भएका दृष्टिविहिन बालबालिका लगायत विद्यार्थीलाई भवन निमार्णको सहयोग र सहकार्य गर्ने संस्था छायाँ नेपाललाई धन्यबाद दिँदै आगमी दिनमा पनि यस्तै गरी काम गर्ने अवसर जुटाउन आग्रह गरे ।

विद्यालय भवननिर्माणका लागि छायाँनेपालको ७० प्रतिशत र नगरपालीकाको ३० प्रतिशत लागत साभेदारीमा भवन निमार्ण हुन लागेको नगरप्रमुख शाहीको भनाइ छ

शिलान्यास गरिएका दुई विद्यालयका भवनहरु आउँदो बैशाख महिना सम्म निर्माण कार्य सम्पन्न गरि विद्यालयलाई हस्तान्तण गरिने प्राविधिक सहयोग गरी सहजिकरणको जिम्मा पाएको संस्था हिरिष्डेक मुगुले जनाएको छ ।


  •  
  •  
  •