मोर्चा विद्यालय बन्द फिर्ता गरेपनि विद्यालय खुलेनन

109
  •  
  •  
  •  

काठमाडौं ४ मंसिर (ओएनएस) :
आन्दोलनरत मधेसी मोर्चाले आन्दोलन गरेको ९९ दिनमा तराई मधेसमा आन्दोलन केही खुकुलो भएको छ । संविधान निर्माण प्रक्रियादेखि नै असहमति तराई–मधेस क्षेत्रमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्कुल बन्द फिर्ता गर्ने र औषधिजन्य सामग्री रोक नलगाउने निर्णय गरेको छ। निर्णयसँगै तराई मधेसमा आजदेखि स्कूल बिहानको सत्रमा खोल्न दिइनेछ ।

तर, पहिलो दिन भने तराईका जिल्लामा स्कूल सञ्चालनमा आएनन । बिहान जाडोको समय, स्कूलले कुनै पनि तयारी नगरेका कारण पठन पाठन सुरु नभएको विद्यालयले बताएका छन् ।

तीन महिनादेखि बन्द रहेका तराई–मधेसका विद्यालय तथा क्याम्पस खोल्न अनुमति दिने निर्णय पनि उनीहरूले गरेका हुन्। विद्यालय क्याम्पसहरूलाई बिहानको समयमा कक्षा सञ्चालन गर्न दिने मोर्चाको निर्णय हो। बिहाान मात्रै स्कूल खोल्न दिनु ब्यबहारीक नभएको पनि धेरैले टिप्पणी गरेका छन् ।


  •  
  •  
  •