सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नुपर्छः प्याब्सन

68
  •  
  •  
  •  


काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले विद्यालय बन्द गर्ने नभइ सावधानी अपनाएर सञ्चालन गर्नुपर्ने बताएको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिवारको बैठकले कम्तीमा तीन हप्ता विद्यालय बन्द गर्न मन्त्रिपरिषदमा सिफारिस गरेपछि प्याब्सनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै विद्यालय बन्द नगर्न आग्रह गरेको हो ।

प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले विज्ञप्ति निकालेर अघिल्लो पटकको लकडाउनले सबै क्षेत्रमा नकारात्मक प्रभाव पारेको भन्दै विद्यालय बन्दभन्दा सङ्क्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गरिनुपर्ने बताएका छन् ।

विद्यालयमा स्वास्थ्यका सबै सावधानी अपनाउन तयार रहेको भन्दै आपसी छलफलबाट थप सावधानीका उपाय अपनाउनुपर्ने तर बन्द गर्न नहुने विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति


  •  
  •  
  •