विषयगत शिक्षकको माग गर्दै महोत्तरी शिक्षा कार्यालयमा प्रदर्शन

490
  •  
  •  
  •  

mahotari deo officeमहोत्तरी, ७ पुस (अाेएनएस) : सोनमा माध्यमिक विद्यालयका विद्यार्थीले बिषयगत शिक्षकको माग गर्दै जिल्ला शिक्षा कार्यालय महोत्तरीमा प्रदर्शन गरेका छन् ।

विद्यालयमा भएका गणित, विज्ञान, नेपाली, अंग्रेजी बिषय पढाउने शिक्षकलाई शिक्षा कार्यालयले अन्यत्र काज सरुवा गर्दा पढाई ठप्प प्रायः भएको आरोप लगाउँदै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

जिल्ला शिक्षा अधिकारी ठुलोबाबु दाहालले प्रधानाध्यापक शत्रुधनप्रसाद यादवमार्फत् १५ दिन भित्र विद्यालयमा व्यवस्थापन समिति गठन गरिए मात्रै शिक्षक समस्या समाप्त हुने आश्वासन विद्यार्थीहरुमा पठाइएको कक्षा १० मा अध्ययनरत जिवेन्द्रकुमार यादवले बताए ।

राजनीतिक दलका निकट शिक्षकहरुकोे दबाब र प्रभावमा दरबन्दी मिलान बिना नै जिल्ला शिक्षा कार्यालयले बिषयगत शिक्षकहरु काजमा पठाउँदा दर्जनभन्दा बढी विद्यालयको पठनपाठन प्रभावित भएको छ ।


  •  
  •  
  •