धादिङ, असार २१ – अघिअघि एक हुल बाख्रा, पछिपछि काधँमा बाख्राका लासग स्याउला । एउटा मैले टिसर्ट । कट्टु लगाएर गोठालोबाट घर फर्कदै गरेका मध्यधादिङको नलाङ ६ बुङचुङका १२ वर्षीय रमेश अर्यालको दैनिकि अहिले बाख्रा चराएरै वित्ने गरेको छ ।
जन्मजात रुपमा पिसाव नरोकिने समस्या आयो । सानो छदाँ विद्यालयमा राखेपनि ठूलो भएपछि गन्हाउन थालेपछि स्थानीय नागेश्वरी प्राविले विद्यालयबाट निष्कासन गरेका कारण उनी गोठालो जान बाध्य छन् । बिहानै उठेपछि रमेश घाँस काट्न जान्छन ।
त्यसपछि साथीभाई विद्यालय गएको एकोहोरो हेरिरन्छन् । आफूलाई विद्यालय जान मन लागेपनि विद्यालय नआउनु भनेका कारण उनको पढ्ने आशा मरिसकेको छ । उनीहरुसँग उपचारका लागि पैसा छैन् पढाउनका लागि विद्यालयले कक्षाबाटै निकाला गर्यो । पढ्नका लाग उनीसँग धेरै इच्छाभएपनि पढ्न नपाएका कारण शिक्षाबाट बन्चित हुनुपरयो ।
नेपाल समाचारपत्र दैनिक