कनकमणि दीक्षितलाई रिहा गर्न सर्वोच्चको आदेश

215
  •  
  •  
  •  

kanakmani_deekshit_arrest_by_CIAA_896026092काठमाडौँ, २० बैशाख(ओएनएस) : सर्वोच्च अदालतले साझा यातायातका अध्यक्ष तथा पत्रकार कनकमणि दीक्षितलाई रिहा गर्न आदेश दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका दीक्षितलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको हो । दीक्षितकी पत्नी शान्ता दीक्षितले दिएको वन्दी प्रत्यक्षिकरणको रिटमा सोमबार सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलाशले दीक्षितलाई रिहा गर्न आदेश दिएको हो ।

साझामा भष्ट्राचार गरेको आरोपमा गत १० वैशाखमा अख्तियारले दीक्षितलाई नियन्त्रणमा लिएको थियो ।


  •  
  •  
  •