एसबिआईले ल्यायो तीन नयाँ योजना

222
  •  
  •  
  •  

SBI-bankकाठमाडौ, १४ फागुन(ओएनएस) :  नेपाल एसबिआई बैकले तीन वटा नयाँ बचत योजना ल्याएको छ । नयाँ बचत योजना अनुसार एनएसबिएल बाल बचत खाता, कर्णधार बचत खाता र एनएसबिएल कोम्बो सेभिङ स्किम ल्याएको हो ।

उक्त तीन बचत योजनामध्ये दुई योजना एनएसबिएल बाल बचत खाता कर्णधार बचत खाता र बालबालिकालाई लक्षित गरि ल्याइएको बैकले जनाएको छ । बालबालिकालाई सानैदेखी पैसाको महत्व बुझाएर भविष्यका लागि बचत गर्ने बानी बसाउने योजना रहेको बैकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘बचत गर्ने असल बानी सानै देखि सिकौ है बाबु–नानी’ भन्ने चेतनामूलक नारासहित यी योजना ल्याइएको बैंकले जनाएको छ ।

एनएसबिएल बाल बचत खाता तथा कर्णधार बचत खाता न्यूनतम पाँचसय एक रुपैयाँमा खोल्न सकिने र दैनिक मौज्दातमा तीन प्रतिशतका दरले ब्याज हरेक तीन–तीन महिनामा खातामा जम्मा हुने बैंकले जनाएको छ । खातामा निःशुल्क मोवाईल बैंकिङ्ग, निःशुल्क ईन्टरनेट बैंकिङ्ग तथा एटिएम. कार्ड जारी गर्दा बिशेष छुट का साथै बाबु–आमा वा अभिभावकको खाताबाट एनएसबिएल बाल बचत खाता तथा कर्णधार बचत खातामा रकम रकमान्तर गर्ने निर्देशन दिँदा छुट प्रदान गरिने बैंकले जनाएको छ ।

एनएसबिएल बाल बचत खाता नाबालकको हकमा बाबु–आमा वा अभिभावकले सञ्चालन गर्न सकिने र कर्णधार बचत खाता नाबालक आफैंले पनि सञ्चालन गर्न सक्ने बैंकले जनाएको छ ।

एनएसबिएल कोम्बो सेभिङ स्किम बैंकको साधारण बचत खाता तथा मोबाईल बैंकिङ सेवाको मिश्रित रुप रहेको शून्य मौज्दातमा खोल्न सकिने खाता भएको बैंकको भनाइ छ। यस खातामा ग्राहकले निःशुल्क ईन्टरनेट बैंकिङ सुविधाका साथै साधारण बचत खातामा भन्दा थप व्याज प्राप्त गर्ने बैंकको विज्ञप्तीमा उल्लेख छ।


  •  
  •  
  •