एसविआई बैंकबाट २० लाख लुटियो , एक लुटेरा प्रहरी नियन्त्रणमा

194
  •  
  •  
  •  

काठमाडौं २ मंसिर(ओएनएस) : एसविआइ बैंकको रौतहट शाखामा लुटपाट गर्नेमध्ये १ जना पक्राउ परेका छन् ।

अन्य ३ जना लुटेराको खोजी भइरहेको रौतहटका एसपी सानुवावु थपलियाले बताए ।  साथै ३ ओटा मोटरसाइकल नियन्त्रणमा लिएको उनले बताए ।

चन्द्रपुर १ स्थित बैंकबाट २० लाख भन्दा बढी रकम चोरी भएको हो । दुई वटा मोटरसाइकलमा आएका लुटेराहरुको समूहले बैंकका कर्मचारीलाई कब्जामा लिई रकम लुटेका थिए ।

लुटेराले प्रहार गरेको गोली लागी बैंकका सुरक्षागार्ड घाइते भएका थपलियाले जानकारी दिए ।  उनको खुट्टामा गोली लागेको छ । लुटेराहरुले एउटा मोटरसाइकल घटनास्थलमै छोडेर भागेका थिए ।


  •  
  •  
  •