संसद बैठकमा झण्डै हात हालाहाल, संसद बैठक स्थगित

195
  •  
  •  
  •  

काठमाडौं १४ कात्तिक (ओएनएस) : राप्रपा नेपालले गरेको संसद अवरुद्धका क्रममा झण्डै हाल हालाहालको अवस्था आएपछि संसद बैठक नै स्थगन गरिएको छ। गृहमन्त्री बामदेव गौतमलाई भ्रष्टचारी भन्दै संसदमा हल्ला गरेपछि हात हालाहालको स्थिति आएको हो । तनाव बढ्दै गएपछि सभामुख सुवासचन्द्र नेम्वाङले बैठक नै स्थगन गरेका छन् । धर्म निरपेक्षताका विषयमा राप्रपा नेपाल र कांग्रेसरएमालेका सभासद्हरुबीच तनाव बढेर गएपछि व्यवस्थापिका संसद आइतबारसम्मका लागि स्थगित गरिएको हो ।

रत्नपार्कको शान्ति बाटिकामा बैशाख ११ गते स्वामी श्रीनिवास आचार्यको धरपकडबारे राप्रपा नेपालले जवाफ माग गरेको थियो । रत्नपार्कमा हिन्दूवादीहरुको अनसनमा दमन भएको भन्दै राप्रपा नेपाल संसदीय दलका नेता कमल थापाले गृहमन्त्रीको जवाफ माग गरेका थिए।

गृहमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएको, आपत्तिजनक आरोप लगाएको भन्दै राप्रपा नेपालका सभासद्हरुले वैठक अवरुद्ध गरेका थिए। आधा घन्टाका लागि स्थगित वैठक अपरान्ह पाँच बजे पुस्न सुरु गरिएको थियो।

बैठक सुरु हुनासाथ गृहमन्त्री बामदेव गौतमले जवाफ दिन नपाउँदै राप्रपा सभासदहरु वेल घेराउ गरेका थिए ।त्यसबीचमा कांग्रेस एमालेका सभासदहले गृहमन्त्री र आफुहरुले भनाई राख्न पाउनुपर्ने भन्दै राख्न पाउनुपर्ने भन्दै प्रतिवाद गरेका थिए ।

अग्नी खरेल, रामहरी खतिवडा लगायतले राप्रपा नेपालको अवरोध विरुद्ध बोल्न खोजेपछि वैठकस्थलमा नै भनाभन भएको थियो । दुई पक्षबीच झण्डै हात हालाहालको स्थिति बनेपछि मर्यादापालकहरुले स्थिति नियन्त्रणमा लिने प्रयास गरेका थिए । लगत्तै सभामुख नेम्वाङले बैठक स्थगन गरेका थिए ।


  •  
  •  
  •