सभासदले अपहरण गरेको भन्दै उजुरी

77
  •  
  •  
  •  

काठमाडौं २९ असोज ।
संविधान सभाका सभासदले आफूलाई अपहरण गरेको भन्दै एक ब्यक्तिले उजुरी दिएका छन् । दलित जनजाती पार्टीका सभासद बिश्वेन्द्र पासवानसहितका ब्यक्तिले आफूलाई अपहरण गरेको भन्दै महानगरी प्रहरी परिसर काठमाडौंका कृष्णबहादुर तामाङले उजुरी दिएका हुन् ।

प्रहरीका अनुसार उनलाई महाराजगञ्गज स्थित भाटभटेनी छेउमा बोलाएर सभासद पासवानको घरमा लगेर राखेको उजुरी दिएका छन् । त्यहाँ लगेर उनलाई पार्टी मिलाउन मदत मागेको बताएका छन् । पासवान र अर्की सभासद यसोदा कुमारी लामा सभासद रहेको उक्त पार्टी फूटेको थियो । प्रहरीले अपहरण हो/होईन अनुसन्धान गरिरहेको जनाएको छ ।
कान्तिपुरबाट


  •  
  •  
  •