काठमाडौं २२ मंसिर (ओएनएस) : दुर्घटनापछि उपचारका क्रममा निधन भएका सभासद हरिबहादुर खड्काको आज अन्तेष्टि गरिदैद्ध । चार दिनअघि भएको दुर्घटनामा गम्भीर घाइते बागलुङ क्षेत्र नं। १ का सभासद् हरिबहादुर खड्काको हिजो साँझ निधन भएको थियो ।
काठमाडौंको न्यूरो अस्पताल बाँसबारीमा उपचाररत सभासद् खड्काको आइतबार साँझ निधन भएपनि रातीमात्रै आफन्तलाई जानकारी गराइएको थियो । बागलुङको पयुँटारमा मंसिर १७ गते प्रधानमन्त्री सुशील कोइराला सहभागी हुने महायज्ञमा सहभागी हुन जानेक्रममा ग १ झ २२४ नम्बरको जीप दुर्घटना हुँदा उनी घाइते भएका थिए ।
गम्भीर घाइते खड्कालाई उपचारका लागि बुधबार नै थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । स्वार्गिय खड्काको पार्थिव शरिरआज बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीको लागि राख्ने भएको छ ।