दवाव के का लागि ? सभासद नै अन्यौलमा

164
  •  
  •  
  •  

काठमाडौं १९ पुस (ओएनएस) : माघ ८ गते संविधान जारी गर्न दबाब अभियान सुरु गरेका सभासदहरुको समुहभित्रै किचलो सुरु भएको छ । सत्तासिन दल कांग्रेस र एमालेका सभासद् पनि दुई खेमामा विभाजित छन्। एकथरी सभासद् सहमति नजुटे प्रक्रियामा जानुपर्ने दबाब अभियानमा सक्रिय छन् भने तिनै दलका अर्काथरी सभासद् सहमतिमा नै अडान लिइरहेका छन् । दवाव सहमतिका लागि वा प्रक्रियाका लागि भन्ने नै अन्यौल देखिएको छ ।

एमालेभित्रै प्रक्रियाकै पक्षमा जोड देखिएपनि कांग्रेसका सभासद दुई भागमा बाँडिएका छन् । कांग्रेस सभासद अमरेस कुमार सिंहले प्रक्रियामा जान नदिने बताए । उनले सहमतिका लागि दवाव दिनुपर्ने पक्ष्मा आफु रहेका बताए । तर कांग्रेसका सभासद रामहरी खतिवडाले सहमतिका नाममा समय खेल गइसकेकाले अब प्रक्रियामा जानुपर्नेमा तर्क गरे ।

कांग्रेसकै बद्री पाण्डे, उदयशमशेर राणा, एमालेका यज्ञराज सुनुवार, विशाल भट्टराई, एमाओवादीका गणेशमान पुन, महेन्द्र शाहीलगायतका सभासद् सहमतिको खोजी अभियानमा सक्रिय छन्।

दबाब अभियानको नेतृत्व गरिरहेका एमाले सभासद प्रकाश ज्वालाले अभियान कसरी सञ्चालन गर्ने भन्नेमा आज छलफल हुने बताए । आजको छलफलका आधारमा कार्यक्रम चलाउने उनले बताए । तर ज्वालको समुहमा एमाओवादीले नआउने बताएको छ ।


  •  
  •  
  •