सहमति नभए प्रक्रियामा जान सभासदहरुको सभाध्यक्षलाई दबाब

76
  •  
  •  
  •  

Subash-Nemwang1काठमाडौँ, २० पुस (ओएनएस) : सत्तारुढ दलका १५० भन्दा बढि सभासदहरुले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई शीर्ष नेताहरुले विवादित विषयमा सहमति गर्न नसके प्रक्रियामा गएर संविधान जारी गर्न दबाब दिएका छन् ।

नेपाली काँग्रेस, नेकपा (एमाले) लगायत दलका विभिन्न सभासद्ले तोकिएको मिति माघ ८ गतेभित्र संविधान ल्याउन दबाब दिनको लागि आइतबार अध्यक्ष नेम्वाङलाई भेट गरेका हुन् ।

यसअघि नै माघ ८ मा संविधान ल्याउन धर्ना, अनसन बस्दै संविधानसभा हलभित्रै आन्दोलन गर्ने बताएका सभासहदरुले पहिलो चरणको अन्दोलन स्वरुप सभासदलाई भेट गरेका हुन् ।

सभासदहरुलाई भेट गर्दै नेम्वाङले संविधानका अन्तरवस्तुमा प्रमुख दलबीच सोमबारसम्ममा सहमति हुने विश्वास व्यक्त गरेका थिए ।

भेटमा अध्यक्ष नेम्वाङले आफूले गत शुक्रबारको कार्यव्यवस्था समितिको बैठकमा सोमबारसम्ममा विवादित विषयमा सहमति गर्न र सहमति नभएमा संविधानको प्रारम्भिक मस्यौदा तयार गर्ने अधिकार आफूलाई दिन प्रस्ताव गरेको स्मरण गराउँदै सकेसम्म आफूले अधिकार प्रयोग गर्नुपर्ने अप्रिय अवस्था नआउने विश्वास व्यक्त गरेका थिए ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विषयमा सहमति नभए प्रक्रियाबाट समयमा संविधान ल्याउन जोड दिने बताए ।


  •  
  •  
  •