सभासदले किर्ते गरेर पैसा झीके

77
  •  
  •  
  •  

काठमाडौंं २६ भदौ ।
संविधानसभा निर्वाचनमा जनमोर्चा कार्यकर्तासँग झडप हुँदा बाग्लुङका कांग्रेस कार्यकर्ता टेकबहादुर रानामगर घाइते भए। तत्कालीन सरकारले उपचार खर्च बेहोर्ने घोषणा गरेअनुसार स्वास्थ्य मन्त्रालयले उनका नाममा १ लाख ५१ हृजार ८ सय ५८ रुपैयाँ निकासा गर्‍यो। टेकबहादुर अहिले पनि आफ्नै खर्चमा उपचार गराइरहेका छन् । आफ्नो नाममा उपचार खर्चबापतको रकम निकासा भएको उनले सुनेका त छन् तर पाएका भने छैनन्।

कहाँ गयो त त्यो रकम ? बाग्लुङका घाइते कार्यकर्ताको उपचारका लागि निकासा रकम त्यहाँका कांग्रेस सभासद प्रकाश शर्मा पौडेलले किर्ते गरी बुझेको पाइएको छ। पौडेल बाग्लुङ २ का निर्वाचित सभासद हुन्।

उनले टेकबहादुरसहित झडपमा परी घाइते भएका नौ जनाकोउपचार खर्चबापत ४ लाख ७९ हजार ८ सय ८५ रुपैयाँ आफैंले बुझेका हुन् । नेपाल राष्ट्र बैंकको बैकिङ कार्यालय थापाथलीको चेक नम्बकर २६९८१४२ बाट उक्त रकम बुझेको पाइएको छ ।

संविधानसभा निर्वाचन क्रममा २०७० मंसिर २ र ३ गते भएको झडपमा बाग्लुङ जैदीका कांग्रेस कार्यकर्ता केदारनाथ उपाध्याय, नर्वदादेवी शर्मा, प्रेम सुवेदी, रामु शर्मा, हरिहर शर्मा र पैयुथन्थानमा भएको भडपमा टेकबहादुर राना, दयाराम सापकोटा, नन्दीकेशर पाध्या र नरजंग राना गरी नौ जना घाइते भएका थिए। त्यसमध्ये केहीको हातखुट्टा भाँचिएको थियो भने केहीको आँखा फुटेका थिए।

पीडितहरुले आफूले पाउनुपर्ने रकम थाहै नदिई बुझेको भन्दै सभासद पौडेलविरुद्ध कांग्रेस उपसभापति रामचन्द्र पौडेलसमक्ष उजुरी गरेका छन्।
नागरिकबाट


  •  
  •  
  •