सभासदको सूचिबाट रुक्मिणी कोइरालाको नाम हटाइयो

91
  •  
  •  
  •  

काठमाडौं १४ भदौ ।
शुक्रबार मन्त्रिपरिषदले सभासद सिफारिश गरेका १८ जनामध्ये रुक्मिणी कोइरालाको नाम हटाइएको छ। कांग्रेस कोटामा सभासद सिफारिश भएकी उनको नाम सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मिनेन्द्र रिजालले साँझ जारी गरेको विज्ञप्तिमा परेको छैन। मन्त्रिपरिषद बैठकपछि सूचना तथा सञ्चारमन्त्री रिजालले कोइराला सहित १८ जना सभासद मनोनित भएको जानकारी दिएका थिए।

कोइरालाको नाम कांग्रेसको समानुपातिक सूचिमा परिसकेका कारण सर्वोच्चको वैशाख २९ को आदेश उल्लंघन हुने स्थिति बनेपछि निर्णय सच्याइएको हो। ‘दिउसो झुक्किएर नाम पढिएछ’, सञ्चारमन्त्री रिजालले नागरिकन्युजसँग भने, ‘१७ जना सभासदको नामावली सहितको विज्ञप्ति आधिकारिक हो।’ सर्वोच्चका न्यायाधीशद्धय रामकुमार प्रसाद साह र कल्याण श्रेष्ठको संयुक्त इजलासले प्रत्यक्ष चुनाव लडेर पराजित वा समानुपातिक सूचिमा परेकालाई मन्त्रिपरिषदको सिफारिसमा मनोनित हुने २६ सभासदमा नपार्न आदेश जारी गरेको थियो।

शुक्रबार साँझ मन्त्री रिजालले पठाएको विज्ञप्तिमा १७ जना मनोनितहरुको मात्र नाम छ। नागरिकबाट


  •  
  •  
  •