सभामुख महराले भेटे आङछिरिङको परिवारलाई

431
  •  
  •  
  •  

काठमाडौं, २० फागुन(ओएनएस) : सभामुख कृष्णबहादुर महराले ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका परिवारलाई भेटेर धैर्यधारण गर्न आग्रह गरेका छन् ।

सोमबार दिउँसो वालुवाटारस्थित आङछिरिङको घरमा पुगी सभामुख महराले शेर्पा परिवारलाई सान्त्वना दिएका हुन् ।
आङछिरिङको निधनले पर्यटन र हवाइ क्षेत्रमा निकै ठूलो क्षति भएको भन्दै सभामुख महराले देशलाई उनको अभाव सधैं खट्किरहने बताए ।

पछिल्लो समय नेपालमै पाइलट ट्रेनिङ सेन्टर खोल्ने विषयमा आङछिरिङ र आफूले छलफल गरिरहेको स्मरण गर्दै सभामुख महराले दाङमा पाइलट ट्रेनिङ खोल्छु भनेर शेर्पाले आफूलाई भनेको बताए ।

सभामुख महराले आङछिरिङकी श्रीमती, दाजु र छोरालाई धैर्यधारण गर्न र कठीन परिस्थितिको सामना गर्न अनुरोध गर्दै समवेदना व्यक्त गरेका थिए ।


  •  
  •  
  •