नवनिर्वाचित सभामुख सापकोटाले लिए पद तथा गोपनियताको शपथ

59
  •  
  •  
  •  

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख सापकोटालाई सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले नेपालको संविधानअनुसार राष्ट्रपतिबाट शपथ लिएका हुन् ।

सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए ।

त्यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रिगण, सांसद, संवैधानिक अंगका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी अधिकारीलगायतको सहभागिता रहेको थियो ।


  •  
  •  
  •