सर्वपक्षीय सम्मेलनको मिति टुंगो लागेन

101
  •  
  •  
  •  

काठमाडौं २६ भदौ (ओएनएस) :  सर्वपक्षिय राजनीतिक सम्मेलनका विषयमा सहमति खोज्न बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख चारदलको बैठक विनानिश्कर्ष टुंगिएको छ । प्रधानमन्त्री अमेरिका जानुअघि पहिलो चरणको राजनीतिक सम्मेलन गर्ने विषयमा कार्यदल असफल भएपछि बिहीबार शीर्ष तहबाटै सहमति खोज्ने प्रयासमा लागेका थिए । तर, सर्वपक्षीय सम्मेलनको ‘मोडालिटी’बारे सहमति बन्न नसक्दा मिति पनि टुंगो नलागेको बैठकमा सहभागी एक नेताले जनकारी दिए ।

बैठकमा संविधानसभा बाहिर रहेका दलहरुलाई संविधानसभामा समेट्ने गरी राष्ट्रिय राजनीतिक सभाले गर्न सक्ने पहलका विषयमा छलफल भएको थियो बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा आमोवादी र नेकपा माओवादीका शीर्ष नेताहरुसहित कार्यदलमा सहभागि नेताको सहभागिता थियो ।

नेताहरुबीच सभाको नाम, विषयवस्तु, सभा गर्ने मिति र सहभागितालगायत विषयमा छलफल भएपनि अझैसम्म निष्कर्ष भने निस्किएको छैन । काग्रेस, एमालेले यसै महिनाभित्र सम्मेलन गर्नुपर्ने प्रस्ताव गरेको भए पनि मोहन वैद्य नेतृत्वको माओवादीले असोज ४ गते सभा राख्नुपर्न माग गरेको छ । राष्ट्रिय महत्वका विषयमा हुनै नहुने विभिन्न सम्झौता भइरहेकोले राष्ट्रिय सहमतिका लागि नयाँ प्रकृया सुरु गर्ने गरी छलफल हुने माओवादीले जनाएको छ ।


  •  
  •  
  •