सौर्य एयरलाइन्सको उडान सुरु

178
  •  
  •  
  •  

काठमाडौं, १ मंसिर (ओएनएस) :  सौर्य एयरलाइन्सले सोमबारदेखि व्यवसायिक उडान सुरु गरेको छ ।

निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी सौर्यले बम्बार्डयर कम्पनीद्वारा निर्मित क्यानेडियन रिजनल जेट (टीआरजे २००) सिरिजको जेटबाट उडान सुरु गरेको हो ।

कम्पनीले सोमबार बिहान छ बजेर ३० मिनेटमा माउन्टेन फ्लाइट मार्फत् आधिकारिक उडान सुरु गरेको कम्पनीले सोमबार नै दिउँसो एक बजेर ४० मिनेटमा काठमाडौं(विराटनगर उड्ने तालिका सौर्यले बनाएको थियो ।

विराटनगरपछि मंसिर पाँच गतेदेखि भैरहवामा पनि सौर्यले उडान सुरु गर्ने भएके छ । त्यस्तै  नेपालगञ्ज र धनगढी पनि उडान गर्ने योजना रहेको कम्पनीले जानकारी दिएको छ ।

एयरलाइन्सले काठमाडौं(विराटनगरको एकातर्फी सामान्य भाडा ७ हजार ५० रुपैयाँ तोकेको छ  । त्यस्तै सबैभन्दा सस्तो भाडा शुल्क चार हजार छ सय तोकेको बताइएको छ ।

यसैगरी काठमाडौ(भैरहवाको लागि सामान्य भाडा ६ हजार २ सय रुपैयाँ र सस्तो भाडा ४ हजार ३ सय रुपैयाँ तोकेको छ ।
एयरलाइन्सले माउन्टेन फ्लाइटको लागि नेपालीहरुलाई १० हजार ५० र विदेशीहरुको लागि २० हजार २ सय तोकेको छ ।


  •  
  •  
  •  

Comments are closed.