साउन १५ लाई किन बनाइयो खिर खाने दिन ?

432
  •  
  •  
  •  

काठमाडौ, १५ साउन (ओएनएस) : आज साउन १५ गते । नेपालीहरुले साँस्कृतिक परम्परा अनुसार आज खिर खाने चाड मनाइरहेका छन् ।
कृषिप्रधान देश भएकाले कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरुप खिर खाने चलन चलेको हो ।

खेतिपातिको काम सकेपछि मीठो खाने चलन भएअनुशार तत्कालिन समयमा खिरलाई मिठो परिकारका रुपमा लिइएकाले आजको दिनलाई खिर खाने दिनका रुपमा मनाउने गरिएको संकृतिविदहरुले बताएका छन् । यो चलन कहिले देखी चलेको हो भन्ने बारे भने प्रष्ट छैन ।
आज खिर खाने दिन भएकाले बजारमा दुधको अत्याधिक खपत बढेको छ । अघिपछिको दिनको तुलनामा आज दोब्बर दुध विक्री भएको दुग्ध व्यापारीहरुले बताएका छन् । उपत्यकामा आज साउन १५ मा खिर खाने भनिएपनि देशका विभिन्न भागमा भने साउन महिनाभरी एक दिन खिर खानुपर्छ भन्ने मान्यता रहेको छ ।


  •  
  •  
  •