साउदी अरेबियामा गाडी चलाउँदा दुई महिला बने आतंकवादी

327
  •  
  •  
  •  

woman-drivingकाठमाडौ, ११ पुस(एजेन्सी) : साउदी अरेबियामा गाडी चलाएको आरोपमा पक्राउ गरिएका दुई महिलालाई आतंकवादको मुद्धा चलाइने भएको छ । बिहिबार पूर्वी अल-अहसास्थित अदालतमा उनीहरूलाई पेश गरिएको थियो । अभियुक्तका आफन्तले यो मुद्धालाई रियादस्थित आतंकवादसम्बन्धी अदालतमा स्थानान्तरण गरिएको छ । ती महिलाहरूमा २५ वर्षीया लोजेन अल-हथलौल र ३३ वर्षीया अल-अमौदी हुन् ।

समाचार संस्था एसोसिएटेड प्रेसले महिलाहरूका आफन्तहरूलाई उदृत गर्दै ड्राइभिङ्ग गर्ने र सामाजिक सञ्जालमा समर्थनमा गरिएको टिप्पणीबाट रिसाएर उनीहरूलाई आतंकनिरोधी अदालत पठाइएको छ ।

यी दुईले महिलाहरूमाथि ड्राइभिङ्गमा लगाइएको प्रतिबन्धलाई गलत भएको बताउँदै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । साउदीका अन्य कार्यकर्ताहरूका अनुसार महिला अधिकारको उक्त आवाजलाई दबाउनका लागि दुवैलाई कडा सजाय सुनाइन सक्ने अनुमान गरेका छन् ।

लोजेन अल-हथलौल र मायसा अल-अमौदीलाई १ डिसेम्बर पक्राउ गरिएको थियो । अल-हथलौललाई युएईको लाइसेन्सको साथ साउदीको बोर्डर पार गर्दै गर्दा उनलाई पक्राउ गरिएको थियो । युएईमा बस्दै आएकी साउदी पत्रकार अल-अमौदीलाई पनि सोही दिन पक्राउ गरिएको थियो ।

साउदी अरब विश्वको एकमात्र देश हो जहाँ महिलाहरूलाई गाडी चलाउन प्रतिबन्ध छ । यहाँ पुरूषहरूलाई मात्र ड्राईभिङ्ग लाइसेन्स दिइन्छ । यदी कुनै महिलाले गाडी चलाइरहेको देखे उनलाई पक्राउ गरिन्छ ।


  •  
  •  
  •