साउदीमा महिलाले बुर्का खोलेपछि, भयो हंगामा

412
  •  
  •  
  •  

काठमाडौ, २० साउन(एजेन्सी) : साउदी टेलिभिजन च्यानल एल-एखबारियामा बुर्का नलगाई महिला एंकरले समाचार प्रस्तुत गरेपछि विवाद भएको छ । साउदी अरेबियाली टेलिभिजनमा यो पहिलो घटना हो, जहाँ महिलाले बुर्का नलगाई टेलिभिजनमा समाचार प्रस्तुत गरेकी थिइन् । सरकारी टेलिभिजनले आफ्नो दश वर्ष पूरा भएको अवसरमा महिला समाचारब‍वाचीकालाई पहिलोपटक प्रस्तुत गरेको थियो । यो समाचार बुलेटिन लण्डनको स्टुडियोबाट प्रसारण गरिएको थियो ।

saudi-woman-ankar-for-the-first-timeसाउदी टेलिभिजनमा महिलाहरूले बुर्का नलगाई देखाउन पाइँदैन, तर सरकारी स्वामित्वको टेलिभिजन च्यानलका लागि यो पहिलो घटना हो । यस प्रसारणलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खाले प्रतिक्रिया आइरहेको छ । केही मानिसहरूले यसलाई निजी स्वतन्त्रता र महिला अधिकारका लागि राम्रो कदम भएको बताएका छन् । यस्तै, केही मानिसले यसप्रति रोष प्रकट गरेका छन् ।

बयान जारी गरेर दिइयो सफाई दिइयो
यता टेलिभिजन च्यानलले मानिसले गरेको यी विरोधप्रति निराशा पोख्दै एक बयान समेत जारी गरेको छ । उक्त बयानमा यस्तो घटनामा पुनः नदोहोर्याउने बताइएको छ । यो समाचारको क्लिपलाई तमाम अरबी भाषाका समाचार च्यानलहरूमा शेयर गरिएको छ । साथै, करिब १० हजार पटक हेरिएको छ । यसपछि साऊदी रेडियो र टेलिभिजनका प्रवक्ता सालेह अल मुघाएलिफले बयान जारी गरेका थिए ।

साउदी रेडियो र टेलिभिजनका प्रवक्ता सालेहले भने, ‘यो बुलेटिनका प्रसारण साउदी अरबका स्टुडियोबाट गरिएको थिएन । यो बुलेटिनको प्रसारण बेलायतको स्टुडियोबाट गरिएको थियो । हामी आफ्नो मूल्य मान्यता र देशको व्यवस्थामा कुनै पनि सम्झौता गर्न सक्दैनौ ।’


  •  
  •  
  •