इस्लामको अपमान गर्दा १ हजार कोर्रा, १० वर्ष जेल

151
  •  
  •  
  •  

floggedकाठंमाडौ, २५ पुस(एजेन्सी) : साउदी अरेबीयाको एक शहर जिद्दाहमा एक ब्लगरलाई इस्लामको अपमान गरेको आरोपमा १० वर्षको जेल र १ हजार कोर्राको सजाय सुनाइएको छ । ती ब्लगरलाई जुमेकी नमाज पछि मस्जिदको बाहिर सबैको सामुन्ने कोर्रा लगाइएको छ ।

ब्लगर रैफ बदावीले एक अनलाइन फोरममा इस्लामको अपमान गरेको आरोपमा लागेको मुद्धामा उक्त सजाय सुनाइएको हो । जिद्दाह क्रिमिनल कोर्टले रैफलाई ती सजायका साथै १० लाख साउदी रियालको जरिबाना समेत गर्ने आदेश अदालतले दिएको छ ।

लण्डनस्थित मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनले बाद्दावीलाई हरेक हप्तामा ५० कोर्रा लगातार २० हप्तासमम्म लगाउने सजाय दिएको छ ।

अमेरिकी राज्य विभागका प्रवक्ता जेन साकीले रैफलाई दिइएको उक्त सजायबाट अमेरिका चिन्तित भएको छ । यस्तो सजायले रैफको अभिव्यक्ति र धर्मको विषयमा बोल्ने अधिकारको हनन भएको संस्थाले जनाएको छ ।

अमेरिकी सरकारले साउदीको रैफको उक्त क्रुर सजाय रद्ध गर्ने र यस घटनालाई पुनर्विचार गर्ने कुरा बताएका छन् ।

बाद्दावीले सजाय पाएपछि उनकी पत्नी र बच्चाहरू देश छाडेर क्यानडा गइसकेका छन् । वाशिंटनले १ हजार कोर्रा लगाउनु निकै नै अमानवीय हो र यसले अभीव्यक्तिको स्वतन्त्रतालाई समेत हनन गर्ने बताएका छन् ।


  •  
  •  
  •