साउदीका पुरूषले ४ देशका महिलासँग विवाह गर्न नपाउने

300
  •  
  •  
  •  

काठमाडौ, २१ साउन(एजेन्सी) : साउदी अरेबियाका पुरूषलाई पाकिस्तान सहित ४ देशका महिलासँग विवाह गर्न रोक लगाएको छ । साउदी अरेबियाका पुरूषलाई पाकिस्तान, बंगलादेश, चाड र म्यानमारका महिलाहरूसँग विवाह गर्न रोक लगाएको साउदीका प्रहरीले जनाएका छन् ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूमा जनाइए अनुसार विदेशी महिलासँग विवाह गर्न रोक लगाउने उदेश्यसहित यस्तो कानुन बनाइएको हो । साउदी अरेबियामा करिब ५ लाख महिलाहरू पाकिस्तानलगायत अन्य ४ देशबाट आएका छन् । मेक्का प्रहरी अधिकृत आसिफ अल-क्वरासीले बाहिरी देशका व्यक्तिहरूले विवाह गर्नका लागि विभिन्न प्रक्रियाहरू पुर्याउनु पर्ने हुन्छ ।

विदेशीसँग विवाह गर्नका लागि विभिन्न प्रक्रियाहरू पुर्याएर सम्बन्धित कार्यालयमा बुझाउनुपर्ने हुन्छ । विवाह गर्नकालागि निवेदक कम्तिमा २५ वर्षको हुनुपर्छ र जिल्लाका प्रमुखले उसको परिचय खुलेको जनाउँदै निवेदनमा सही गरिदिनुपर्छ र आफ्नो परिवारको परिचयसमेत खुलाउनु पर्छ ।

यदी कुनै मानिसको दोस्रो विवाह हो भने अस्पतालले पहिलाकी पत्नी अपाङ्ग, रोगी भएको प्रमाणित हुने कागज अस्पतालले दिनुपर्छ । तर, यी सबै विषयमा आधिकारिक रूपमा साउदी सरकारले कुनै वक्तव्य या संविधान जारी भने गरेको छैन् ।


  •  
  •  
  •