साउदीस्थित नेपाली दूतावासमा गुनासो सुन्ने अधिकारी

256
  •  
  •  
  •  

काठमाडौं । रोजगारीका क्रममा साउदी पुगेका नेपाली महिलाहरुको समस्या बढ्न थालेपछि साउदीको रियादमा गुनासो सुन्ने अधिकारी राखिएको छ ।

साउदीस्थित नेपाली दूतावासले द्वितीय सचिव तारा गौतमलाई राजदूतावासको गुनासो सुन्ने अधिकारीको जिम्मेवारीमा खटाएको हो ।

वैदेशिक रोजगारीका लागि साउदी पुगेका नेपाली महिलाहरुले करारपत्रमा तोकिएको तलव नपाएको, आवासमा न्यूनतम मानवीय सुविधापनि नभएको, महिलासम्बन्धी रोगको औषधी उपचार पनि समयमा नपाएको, बिमा नगरेको, मागपत्रभन्दा बाहिर गएर तीन वर्षको करार गराउने गरेको, व्यवस्थापन वा सुपरभाइजरसँग गुनासो राख्दा नसुन्ने एवं धम्क्याउने गरेको जस्ता समस्या झल्न बाध्य भएका दुतावासले जनाएकोछ ।


  •  
  •  
  •