साउदी विमानस्थलमा आक्रमण

247
  •  
  •  
  •  

रियाद । साउदी अरेबियाको अभा विमानस्थलमा यमनका हुथी विद्रोहीले क्षेप्यास्त्र आक्रमण गरेका छन् । आक्रमणमा एक जना सिरियाली नागरिकको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।

इरानसँगको तनाब बढिरहेका समयमा यमनी विद्रोहीले आक्रमणलाई तिब्र बनाएका छन् । पछिल्लो आक्रमणबाट म्याकडोनाल्डको एक पसलका साथै १८ वटा सवारी साधनमा क्षति पुगेको छ ।

यमनका हुथी विद्रोहीलाई इरानको समर्थन रहेको बताइन्छ । आक्रमणमा घाइते हुनेमा साउदी अरेबिया, इजिप्ट, भारत र बंगलादेशका नागरिकहरु रहेका छन् । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

विद्रोहीले सञ्चालन गरेको अल–मासिराह टिभीले अभा र जिजान विमानस्थलमा ड्रोनबाट आक्रमण गरिएको दाबी गरेको छ ।

साउदी अरेबियाले भने जिजान विमानस्थलमा भएको आक्रमणबारे केही उल्लेख गरेको छैन ।

एजेन्सी


  •  
  •  
  •