काठमाडौं । साउदी अरेबियामा सबैै अन्तर्राष्ट्रिय उडानहरु एक हप्ताका लागि रोक लगाइएको छ ।

कोभिड १९ को नयाँ लहरको सम्भावनालाई मध्यनजर गर्दै एक हप्ताका लागि लागि उडान रोकिएको हो । अरब न्युजका अनुसार नयाँ बन्देजसँगै हवाई, समुद्री बाटो तथा स्थलमार्ग भएर साउदी अरेबिया प्रवेश गर्न पाइने छैन ।
स्वास्थ्य मन्त्रालयको सुझाव अनुसार यस्तो बन्देज लगाइएको साउदी अरेबियाको आन्तरिक मामिला सम्बन्धी मन्त्रालयले जनाएको छ । यसअघि नै केही युरोपेली देशहरु तथा बेलायतले कोभिड १९ को थप लहर आउन सक्ने भन्दै सचेत गराइसकेका छन् । तर आपतकालीन अवस्थाका उडानहरु भने गर्न दिइने छ ।
यस्तै एकै ठाउँमा ५० जनाभन्दा बढी मानिस भेला हुन नपाउने भएका छन् । अर्को सूचना जारी नभएसम्मको लागि ५० जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन प्रतिबन्ध लगाएको हो । नियम उल्लङ्घन गर्नेहरुलाई साउदी रियाल १५ हजारसम्म जरिबाना हुने जनाएको छ ।
यस्तै साउदी अरेबियाले आजबाट सबैै अन्तर्राष्ट्रिय उडानहरु एक हप्ताका लागि रोकेको छ । साउदीको आन्तरिक मन्त्रालयले आजबाट लागू हुने गरी आगामी एक हप्ताका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय हवाइ तथा स्थलमार्गबाट साउदी अरबमा हुने आवागमन स्थगन गरेको जनाएको छ । नागरिकहरुको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न सावधानी स्वरुप यो कदम चालिएको जनाउँदै आवश्यक परेमा उडान स्थगनको अवधि लम्बिन सक्ने समेत आफ्नो सूचनामा उल्लेख गरेको छ ।