साउदीमा थप १७ नेपालीले पाए बहिर्गमन भिसा

77
  •  
  •  
  •  

काठमाडौं । साउदीस्थित नेपाली दूतावाससमक्ष बहिर्गमन भिसाका लागि आवेदन दिएका थप १७ नेपालीले बहिर्गमन भिसा पाएका छन् । योसँगै साउदीमा आवेदन दिएकामध्ये अहिलेसम्म १२ सय १७ नेपालीले बहिर्गमन भिसा पाएको दूतावासले जनाएको छ ।

साउदी अरेबियाका विभिन्‍न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसा सहज र शीघ्र रुपमा प्रदान गर्दै आएको दूतावासले जनाएको छ ।

दूतावासले सहज रुपमा बहिर्गमन भिसा प्राप्त गर्न साउदी सरकारलाई अनुरोध गरेबमोजिम नेपालीहरुलाई बहिर्गमन भिसा उपलब्ध गराइएको हो । बहिर्गमन भिसा जारी भएकाहरुले भिसा जारी भएको मितिले ६० दिन भित्र साउदी अरब छाडिसक्नुपर्ने भएकाले स्वदेश फर्किने तयारी गर्न पनि नेपाली दूतावासले अनुरोध गरेको छ।

 

 


  •  
  •  
  •