साउदीस्थित नेपाली राजदूतावास साउन २० गतेसम्मका लागि बन्द

54
  •  
  •  
  •  

काठमाडौं । साउदीस्थित नेपाली राजदूतावास साउन २० गतेसम्मका लागि बन्द भएको छ ।

राजदूतावासले एक सूचना जारी गदै राजदूतावासका केही कर्मचारीहरु समेत केहि दिन क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था भएकाले राजदूतावासको काउन्टरबाट प्रदान गरिने सेवाहरु स्थगित गरिएको जनाएको हो ।

यसैबीच ईद पर्वको लामो विदा समेत परेकोले नेपाली राजदूतावासले नेपाली कामदारहरुका सम्बन्धमा साउदी सरकारी कार्यालयबाट लिने सेवाहरु पनि सुचारु नहुने जनाइएको छ ।

स्वदेश फिर्ती सम्बन्धी उडानहरूको तालिका प्राप्त हुनासाथ नेपाली राजदूतावासले आफ्नो फेसबुक पेजबाट सार्वजनिक गर्ने भएको हुँदा अब हुने उडानहरुको बारेमा टेलिफोनबाट सोधिरहनु नपर्ने समेत दूतावासले जनाएको छ ।

यस बीचमा कसैलाई अत्यावश्यक काम परी राजदूतावासमा सम्पर्क गर्नु परेमा राजदूतावासका हटलाइन ०५५९३८९६०० अर्को एक टेलिफोन नं ०५०००३४७८६ वा कामसँग सम्बन्धित कर्मचारीहरुको मोवाइलमा सम्पर्क गर्नुहुन दूतावासले अनुरोध छ ।


  •  
  •  
  •