साउदीबाट फर्कने ९ सय नेपालीको नाम सार्वजनिक

293
  •  
  •  
  •  

काठमाडौं । साउदीस्थित नेपाली दूतावासले नेपाल फर्कने नौ सय सातजनाको नाम सार्वजनिक गरेको छ । दूतावासले बुधबार नाम सार्वजनिक गरेको हो ।

मंगलबारसम्म साउदीबाट पाँच हजार ६ सय ११ नेपाली स्वदेश फर्किइसकेका छन् । नाम सूचीमा परेका नेपालीहरू रियादबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको चार्टर्ड उडानबाट स्वदेश फर्कन पाउने दूतावासले जनाएको छ ।

दूतावासबाट यसअघि विभिन्न मितिमा प्रकाशित सूचीमा नाम परेका तर हालसम्म स्वदेश फर्किन नपाएकाहरू पनि प्राथमिकताको सूचीमै रहने दूतावासले जनाएको छ । नेपाल फर्कनका लागि तोकिएको स्थानबाटै टिकट काट्न पनि दूतावासले अनुरोध गरेको छ ।

Embassy of Nepal, Riyadh नेपाली राजदुतावास, रियाद यांनी वर पोस्ट केले मंगळवार, २१ जुलै, २०२०


  •  
  •  
  •