‘एक्जिट भिसा’ लिएपछि मात्रै टिकट काट्न दूतावासको अनुरोध

249
  •  
  •  
  •  

काठमाडौं । साउदीस्थित नेपाली राजदूतावासले साउदीबाट नेपाल फर्कन प्राथमिकतामा परेका नेपालीलाई ‘एक्जिट भिसा’ लिएपछि मात्रै टिकट काट्न अनुरोध गरेको छ ।


दूतावासमा निवेदन दिँदा ‘एक्जिट भिसा’ लागेको उल्लेख गरेको तर एक्जिट भिसा नलागेकाले पनि हवाइ टिकट काटेको पाइएको भन्दै त्यसो नगर्न दूतावासले सचेत गराएको हो ।

दूतावासले ‘एक्जिट भिसा’ लागेको भनेर उल्लेख गरेको आधारमा नाम प्रकाशन गर्ने गरे पनि ‘एक्जिट भिसा’ नलिइ टिकट काट्दा गम्भीर समस्या उत्पन्न भएको बताएको छ । साउदीबाट स्वदेश फर्कनका लागि ‘एक्जिट भिसा’ अनिवार्य छ ।

हेर्नुहोस्

नेपाली राजदूतावास रियादको Exit visa लिएर मात्र टिकट खरीद गर्ने सम्बन्धमा सूचना ।

साउदी अरेवियाको विभिन्न स्थानहरुमा विभिन्न कारणले नेपाल फिर्ता हुन चाहने Exit भिषा लागिसकेका नेपालीहरुलाई सहजिकरण गर्ने उद्देश्यले निवेदन माग गरी सूचि ( List) प्रकाशन गरिएको ब्यहोरा विदितै छ । हाल दूतावास समक्ष प्राप्त भएका Exit भीषा लागेको भन्ने निवेदनका आधारमा नाम प्रकाशन गरिएको छ । निवेदनमा Exit भीषा लागेको उल्लेख गरेका तर Exit भिषा नलागेकाहरुले हवाई टिकट समेत खरीद गरेको पाईएको हुँदा यसले गंभिर समस्या सिर्जना हुन गएको छ । तसर्थ, Exit भीषा नलागेकाहरुले Exit भीषा लागेपछि मात्र हवाई टिकट खरीद गर्नुहुन अनुरोध गरिन्छ ।

नेपाल राजदूतावास
रियाद ।

 


  •  
  •  
  •