साउदीको रियादबाट २ सय ४७ जना नेपाली स्वदेश फर्किए

380
  •  
  •  
  •  

काठमाडौं । साउदीको रियादबाट २ सय ४७ जना नेपाली स्वदेश फर्किएका छन् ।  नेपाल एअरलाइन्सको उडान नं आरए २१९२ बाट एक नाबालकसहित २४७ जना नेपालीहरु आइतबार बिहान स्वदेश आइपुगेका हुन् ।

  साउदीमा रहेको नपाली दूतावासका अनुसार यो उडानमार्फत ६ महिनादेखि नेपाली राजदूतावासको सेल्टरमा रहेका ४ महिलासहित १२ जना महिला र बाँकी पुरुषहरु फर्किएका छन् ।

यस्तै आज यूएई तीन उडानमार्फत नेपाली स्वदेश फर्कनेछन् भने कुवेतमा आममाफीमा सहभागी नेपाली पनि स्वदेश फर्कंदैछन् । यस्तै आज कतारको दोहाबाट पनि त्यहाँ समस्यामा परेका नेपाली फर्कंदैछन् । यस्तै मलेसियाबाट पनि नेपाली फर्कनेछन् ।


  •  
  •  
  •