साउदीको दमामबाट एक सय ५४ नेपाली स्वदेश फर्किए

294
  •  
  •  
  •  

काठमाडौं । साउदीमा समस्यामा परेका १ सय ५४ जना नेपाली दमामबाट नेपाल आएका छन् । हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत उनीहरु शुक्रबार बिहान नेपाल आइपुगेका हुन् ।

साउदीमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भएको हो पहिलो उडान हो । साउदीको दमामबाट हिमालय एअरलान्सले दोस्रो उडान शनिबार भर्नेछ । स्वदेश फिर्तीका लागि २२६ प्राथमिकतामा परेका छन् । यस्तै साउदीको रियादबाट नेपाल एअरलाइन्सले जुन २१ तारिखमा साउदीबाट उडान भर्नेछ ।

यो उडानमार्फत स्वदेश फिर्तीका लागि ४४५ जनाको नाम दूतावासले प्राथमिकतामा राखेर सार्वजनिक गरेको छ । साउदीमा समस्यामा परेका अन्य नेपालीको स्वदेश फिर्तीको लागि प्रक्रिया अघि बढेको पनि दूतावासले जनाएको छ । यसैबीच शुक्रबार नै माल्दिभ्सबाट १५० जना र कुवेत र कतारबाट पनि नेपालीहरु स्वदेश फर्कने छन् ।


  •  
  •  
  •