साउदीमा २४ घण्टे कर्फ्यू, सजगता अपनाउन नेपाली दूतावासको आग्रह

166
  •  
  •  
  •  

काठमाडौं । साउदीमा कोरोना भाइरस(कोभिड–१९)बाट संक्रमितको संख्या २ हजार ७९५ पुगेको छ । मंगलबार थप २७२ जनामा संक्रमण भएको पुष्टी भएको छ । साउदीमा कूल संक्रमितहरु मध्ये हालसम्म ६१५ जना निको भएका छन् ।

मंगलबार ३ जना संक्रमितहरुको मृत्यु भएसँगै साउदीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । शनिबार एक नेपालीमा कोरोना संक्रमण पुष्टी भए यता थप नेपालीहरुमा संक्रमण भएको जानकारी प्राप्त नभएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा कोरोना भाइरसको संक्रमणको पछिल्लो अवस्था, संक्रमण नियन्त्रणका लागि राज्यले चालेका कदमहरु, विभिन्न निकायबाट प्राप्त सहयोग र आगामी दिनहरुका चुनौति र भविष्यको कार्यदिशाका बारेमा मंगलबार देशबासीलाई सम्बोधन गर्ने क्रममा ‘सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ’ भनी गरिएको अनुरोध तर्फ इंगित गर्दै आफू जहाँ छौँ सुरक्षित बसौँ, सावधानी अपनाऔँ र नेपालमा रहेका आफ्ना प्रीयजनहरुलाई पनि सोही सन्देश पठाऔँ भनी अनुरोध गरेको छ ।

साउदी अरबका विभिन्न स्थानहरुमा २४ घण्टे कर्फ्यू जारी रहेको हुँदा कर्फ्यू आदेशको पालना गर्न सबैमा अनुरोध गर्दै दूतावासले बिहान ६ बजे देखि दिनको ३ बजे सम्म अत्यावश्यक खरीदका लागि समय व्यवस्था भएको र यसका लागि अनिवार्यरुपमा स्थानीय सुरक्षा अधिकारीहरुसँग पूर्ण समन्वय गर्न पनि अनुरोध गरेको छ ।

साउदी अरबमा कोरोना भाइरसको संक्रमण हरेक दिन बढ्दो क्रममा रहेको एवं नेपाली नागरिकहरुमा पनि संक्रमण भएकोले यो महामारीबाट बच्न साउदी सरकारले जारी गरेका स्वास्थ्य सचेतना सम्बन्धी माथि उल्लेख विषयहरुमा ध्यान दिन र सबै हिँडडुल र उठबसमा अत्यन्त सावधानी अपनाउन सम्पूर्णमा नेपाली राजदूतावासले जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति

साउदी अरबमा कोरोना संक्रमणको पछिल्लो अवस्था र अन्य जानकारी ।

१. आज मिति २०७६।१२।२५ ९अप्रिल ७, २०२०० मा साउदी अधिकारीहरुले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या २७९५ पुगेको छ । आज थप २७२ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म ६१५ जना निको भएका छन् । आज ३ जना संक्रमितहरुको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४१ पुगेको छ । थप नेपालीहरुमा संक्रमण भएको जानकारी प्राप्त भएको छैन ।

२.सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको पछिल्लो अवस्था, संक्रमण नियन्त्रणका लागि राज्यले चालेका कदमहरु, विभिन्न निकायबाट प्राप्त सहयोग र आगामी दिनहरुका चुनौति र भविष्यको कार्यदिशाका बारेमा आज देशबासीलाई सम्बोधन गर्ने क्रममा ‘सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ’ भनी अनुरोध गर्नुभएको छ । तसर्थ, आफू जहाँ छौँ सुरक्षित बसौँ, सावधानी अपनाऔँ र नेपालमा रहेका आफ्ना प्रीयजनहरुलाई पनि सोही सन्देश पठाऔँ भनी नेपाली राजदूतावास अनुरोध गर्न चाहन्छ ।

३.साउदी अरबका विभिन्न स्थानहरुमा २४ घण्टे कर्फ्यू जारी रहेको हुँदा कर्फ्यू आदेशको पालना गर्नुहुन सबैमा नेपाली राजदूतावास विनम्र अनुरोध गर्दछ । बिहान ६ बजे देखि दिनको ३ बजे सम्म अत्यावश्यक खरीदका लागि समय व्यवस्था भएको छ यसका लागि अनिवार्यरुपमा स्थानीय सुरक्षा अधिकारीहरुसँग पूर्ण समन्वय अनुरोध छ ।

४. साउदी अरबमा कोरोना भाइरसको संक्रमण हरेक दिन बढ्दो क्रममा रहेको एवं नेपाली नागरिकहरुमा पनि संक्रमण भएकोले यो महामारीबाट बच्न साउदी सरकारले जारी गरेका स्वास्थ्य सचेतना सम्बन्धी माथि उल्लेख विषयहरुमा ध्यान दिनुहुन र सबै हिँडडुल र उठबसमा अत्यन्त सावधानी अपनाउनुहुन सम्पूर्णमा नेपाली राजदूतावास हार्दिक अनुरोध गर्दछ ।

नेपाली राजदूतावास
रियाद
२०७६।१२।२५


  •  
  •  
  •