साउदी अरबमा २१ दिन आंशिक कर्फ्यु

68
  •  
  •  
  •  

काठमाडौं । कोरोना भाइरस(कोभिड–१९) को संक्रमण बढ्दै गएपछि साउदी अरब सरकारले २१ दिन आंशिक कर्फ्यु घोषणा गरेको छ।

साउदी अरबका राजा सलमान बिन अब्दुल अजिज आल साउदले स्थानिय समय अनुसार आज राती ७ बजेदेखि लागु हुनेगरी आगामी २१ दिन सम्म साँझ ७ बजेदेखि बिहान ६ बजे सम्म कर्फ्यु आदेश जारी गरेका हुन्।

कर्फ्यु अवधिभर अत्यावश्यक सेवा भने खुल्ने छ। यो कर्फ्युको पूर्ण पालना गर्न रियाद स्थित नेपाली राजदुतावासले साउदीमा रहेका नेपालीहरूलाई अनुरोध गरेको छ।

दुतावासले कर्फ्युको समयमा आवास बाहिर ननिस्कन र स्वास्थ्यका कारण निस्किनुपर्ने भएमा सरकारी अधिकारीहरूसँग पूर्ण समन्वय गर्ने स्वास्थ्यका सावधानी अपनाउन अपिल गरेको छ। हाल साउदी अरबमा हाल ५११ जनामा कोरोनाको संक्रमण देखिएको छ।

यसैबीच साउदीस्थित नेपाली राजदूतावासले आजसम्म नेपाली नागरिकहरुमा कोरोना संक्रमण नदेखिएको बताएको छ । यो संक्रमण नेपाली नागरिकहरुमा हुन नदिन आउँदा दिनहरुमा समेत अत्यन्त सचेत भई कोरोना संक्रमण हुन नदिने सावधानीहरु अपनाउन समेत आग्रह गरेको छ ।


  •  
  •  
  •